काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीपंक्तिलाई आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार निर्माण गर्न सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन्।
पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रममा देउवाले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य समाजमा फैलाउने प्रयास भइरहेको बताए। उनले भने, “यस्ता भाष्यलाई चिर्दै हामी शक्ति र क्रियाशील हुन आवश्यक छ। पार्टीका शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाएर पार्टीभित्र एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याउनु हाम्रो लक्ष्य हो।”
देउवाले मुलुकको सबैभन्दा ठूलो पार्टी कांग्रेस भएको स्मरण गराउँदै, आगामी दिनमा सबै मिलेर पार्टीलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।












