एजेन्सी । क्रोएसिया युरोपेली नेसन्स कपमा पोर्चुगलसँग १-१ को बराबरी खेल्दै अन्तिम आठमा पुगेको छ ।
क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा ३३औँ मिनेटमा जोआओ फिलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर खेलको ६५औँ मिनेटमा जोस्को ग्भार्डियोलले गोल गरेपछि खेल बराबरीमा आएको थियो । यहि समूहको अर्काे खेलमा स्कटल्याण्डले पोल्याण्डलाई २-१ ले पराजित गरेको छ । पोर्चुगल १४ अंकका साथ समूह विजेता भएर अन्तिम आठमा पुगेको छ भने क्रोएसिया ८ अंक सहित दोस्रो भएको छ । स्कटल्याण्डको ७ र पोल्याण्डको ४ अंक छ।












