काठमाडौं । मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ । उनीहरूको मुद्दा न्यायाधीश खिमानन्द भुसालको इजलासमा परेको छ । अहिले उनीहरूको बयान भइरहेको छ । उनीहरू पटके कसुरदार भएकाले अदालतमा मुद्दा दर्ता गरिएको हो ।
१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए । उनीहरूसँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो ।












