काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन्।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “मलाई सभापति बन्ने हो भने रामहरि खतिवडा बनेपछि मात्र पालो पुग्थ्यो, पहिल्यै बन्थे होला।” उनले गलत प्रचार गरिएकोमा पनि असन्तुष्टि व्यक्त गरे।
शर्माले समितिको सभापति समितिमा रहेका सदस्यहरूबाट छानिने र पार्टी चाँडै निर्णय गर्ने जानकारी दिए। साथै, सरकार बाहिर हुँदा पनि कांग्रेसले राम्रा कामको समर्थन गर्ने र कमजोरीमा आलोचना गर्न पछि नपर्ने पनि बताए। उनले सामाजिक सञ्जाल विधेयक जस्ता विषयमा स्पष्ट विरोध रहेको बताए।












