काठमाडौं। अघिल्ला निर्वाचनभन्दा यसपटक फरक दृष्य देखा पर्यो। यसपटक निकटतम प्रतिस्पर्धा नै देखिएन। जित-हार हुने उम्मेदवारबीचको मतान्तरले दोब्बर मात्र होइन कयौं गुणा धेरै देखियो। तर, रास्वपाको यो लहरमा ओखलढुंगामा फरक दृष्य देखा परेको छ।
एक निर्वाचन क्षेत्र रहेको ओखलढुंंगामा रास्वपा उम्मेदवार विश्वराज पोखरेल ६ मतान्तरले बाजी मारेका छन्। उनी नेपाल प्रहरीका पूर्वएआइजी पनि हुन्।
पोखरेलले १३ हजार ९५३ मत पाउदा निकटतम प्रतिस्पर्धी कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए।
त्यति मात्र होइन अन्य उम्मेदवारको मतान्तर पनि धेरै छैन। नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार ५८ र एमालेका अस्मिता थापाले १० हजार ४४० मत पाएका छन्।












