काठमाडौं। रुपन्देही २ मा रास्वपा उम्मेदवार सुलभ खरेलसँग ४० हजार मतान्तरले पराजित भएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशभर पार्टीले ब्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्यसम्पदानबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताएका छन् ।
यसपटकको चुनावमा एमाले उम्मेदवारको पराजय उनीहरूको व्यक्तिगत कारण नभएको पनि पौडेलले बताए।
‘मतदाताको निर्णयलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई सफल कार्यकालको शुभकामना दिन्छु र उहाँले अघि बढाउने सकारात्मक काममा साथ रहन्छ,’पौडेलले भने, ‘अब हामी राष्ट्र र जनताको भावना अनुसार पार्टीको नेतृत्व, नीति र कार्य सम्पादनका तरिकाबारे छिटै उपयुक्त निर्णय गर्नेछौं ।’
पौडेलका अनुसार काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको प्रवेशपछि रास्वपाको पक्षमा आएको देशव्यापी लहरमा मतदाताले अन्य दलका उम्मेदवारको क्षमता, योगदान केही नहेरी चुनाव चिन्हलाई मात्रै हेरेर मतदान गर्दा अरु सबै दलका लागि प्रतिकूल नतिजा हो।












