Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

वीरगन्जको कर्फ्यु हट्यो, सद्भाव कायम राख्ने प्रतिबद्धता

वीरगन्जको कर्फ्यु हट्यो, सद्भाव कायम राख्ने प्रतिबद्धता

वीरगन्ज। वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइत्बार भएको घटनाका कारण लगाइएको कर्फ्यु सोमबार साँझ हटाइएको छ। स्थानीय प्रशासनले कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको हो।

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको समीक्षा गर्दै परिस्थिति सामान्यतर्फ उन्मुख भएको निष्कर्ष निकालेपछि कर्फ्यू हटाउने निर्णय गरेको हो।

Subisu

सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले ‘घटना’लाई कानुनी ट्रयाकमा लैजाने र ‘सद्भाव’लाई प्राथमिकता दिने साझा सन्देश दिएको छ।

बैठकले पीडितपक्षबाट जाहेरी लिएर प्रक्रिया यथाशीघ्र टुंग्याउने र दोषीलाई कानुनी दायरामा ल्याउने सहमति गरेको छ। यसमा धार्मिक अगुवाहरूले सहजीकरण गर्ने निर्णय पनि गरिएको छ ।

प्रजिअ दाहालका अनुसार, व्यक्तिगत घटना वा दुर्घटनालाई बहाना बनाउँदै धार्मिक–सामाजिक सद्भाव खल्बलिने गरी भड्काउने, दुष्प्रचार गर्ने वा सामाजिक सञ्जालमा घृणा फैलाउने सामग्री प्रसारण गर्नेलाई साइबर कानुनसहित प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ। यसलाई बैठकले स्पष्ट सन्देशका रूपमा अघि सारेको छ।

यस्तै, आगामी दिनमा सद्भाव कायम राख्न राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिले आफ्ना–आफ्ना संस्थाबाट संयम र सहिष्णुताका लागि विज्ञप्ति जारी गर्ने निर्णय भएको छ। पर्साका प्रहरी प्रमुख नरेन्द्रराज सुवेदीले पनि दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host