काठमाडौं । हमासले गाजामा बन्धक बनाएका व्यक्तिमध्ये २२ जना अझै पनि जीवित रहेको विश्वास गरिएको छ। तीमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।
अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको नाम पनि समावेश गरिएको हो।
यसअघि सीएनएन ले प्रकाशन गरेको रिपोर्टमा भने २० जना मात्र जीवित रहेको उल्लेख गर्दै नेपाली नागरिक विपिनको अवस्थाबारे अज्ञात भनेको थियो।
गाजामा हाल हमास र इजरायलबीच युद्धविरामको सहमति भइसकेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरू आइतबार वा सोमबारसम्म रिहा गरिने बताएका छन्।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका २२ वर्षीय नेपाली विद्यार्थी विपिन जोशी पनि अपहरणमा परेका थिए। अहिले बन्धकहरू रिहा हुने सम्भावनासँगै विपिनका परिवारमा खुसी र आशा दुवै बढेको छ।












