काठमाडौं । जेन–जी आन्दोलनपछि नेकपा (एमाले)मा नेतृत्व परिवर्तनको पक्षमा आवाज उठ्न थालेको छ । यसबारे नेता गोकुल बास्कोटाले मुख खोलेका छन् । बास्कोटाले आज सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठनको पक्षमा आवाज उठाएका हुन् ।
‘अप्रिय लाग्ला तर, सत्य यही हो कि दलबिना गणतन्त्र बाँच्दैन र गणतन्त्रबिना समाज । समय परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, सबै तयार हुनै पर्छ’, उनले भने ।
यस्तो छ उनको भनाइ :
अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौँ । अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज ।समय,परिवेश,प्रकृति,प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ ।












