काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ठेकेदारहरूसँग मिलेमतो गरी कमिसन लिएको आरोपमा उनीविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको मागदाबी गरिएको छ।












