काठमाडौं । अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ ।












