काठमाडौं। प्रहरीले हास्य कलाकार सागर लम्साल ‘बले’ लाई काठमाडौंबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार बलेलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको हो।
अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जालमा शुक्रबार बिहान पोस्ट लेख्दै आफूलाई सागरले एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
सोही आरोपबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको एसएसपी थापाले बताए।
बलात्कार आरोपपछि सागरलाई छायांकनरत फिल्म पाँच पाण्डवबाट पनि निष्कासन गरिएको थियो।












