Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

अपाङ्गता भएका व्यक्तिको समावेशीकरण सम्बन्धी राष्ट्रिय परामर्श कार्यशाला सम्पन्न

अपाङ्गता भएका व्यक्तिको समावेशीकरण सम्बन्धी राष्ट्रिय परामर्श कार्यशाला सम्पन्न

काठमाडौं । स्पाईनल इन्जरी संघ नेपाल, मिराल वेलफेर फाउण्डेशन र कोरिया इन्टरनेशनल को–अपरेटिभ एजेन्सी कोइकाको संयुक्त आयोजनामा नेपालमा प्राविधिक शिक्षा र व्यवसायिक तालिममा अपाङगता भएका नागरिकको समावेशीकरणका सवालामा एक दिवसिय राष्ट्रिय परामर्श कार्यशाला सम्पन्न भएको छ ।

अपाङ्गता भएका नागरिकलाई रोजगारीको मूल प्रवाहमा समाहित गर्न गराउन प्राविधिक शिक्षा र व्यवसायिक तालिमको वर्तमान अवस्था र आगामी मार्गचित्रका सन्दर्भमा कार्यशालामा सघनरुपमा बहस तथा छलफल भएको हो ।

Subisu

कार्यशालामा सिटीइभिटीदेखि अपाङ्गता भएका नागरिकको हक अधिकार एवं सशक्तिकरणका बहस पैरवी गरिरहेका अपाङ्गता भएका नागरिकको अधिकारका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधि,उनीहरुलाई विभिन्न तालिममार्फत स्वरोजगारी तथा रोजगारीमा समावेश गराउन क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, अपाङ्गता भएका नागरिकहरु, नीजि रोजगारदाता, तालिमपश्चात रोजगारमा संलग्न भएर आफुलाई उद्यमी बनाउन सफल अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा सो राष्ट्रिय कार्यशाला सम्पन्न भएको हो ।

अपाङ्गता भएका नागरिकको आत्मसम्मान एवं सशक्तिकरण आत्मनिर्भरतासँग जोडिएकाले आत्मनिर्भरताका लागि रोजगारी, रोजगारीका लागि सीप विकासको तालिम आवश्यकताका सम्बन्धमा कार्यशालामा वक्ताहरुले आ–आफ्ना विचार राखेका थिए ।
अपाङ्गता भएका नागरिकलाई रोजगारीसँग जोड्ने सन्दर्भमा राज्यदेखि अन्य सरोकारवाला निकायले देखाउनुपर्ने संवेदनशिलताका अतिरिक्त उनीहरुको दायित्वका बारेमा समेत कार्यशालामा छलफल भएको हो ।

अपाङ्गता भएका नागरिकलाई रोजगारी समावेश गराउने सवालमा राज्यका नीति, तिनीहरुको कार्यान्वयनको अवस्था र आगामी मार्गचित्रका बारेमा छलफल भएको हो ।

कार्यक्रमका वक्ताहरुले राज्यदेखि सरोकारवाला सबैको सहकार्यबाट मात्र उनीहरुको सशक्तिकरण सम्भव भएकोतर्क राखेका थिए ।
प्राविधिक शिक्षा र व्यवसायिक तालिममा अपाङ्गता भएका नागरिकको आकर्षण एवं सहभागिता कस्तो छ, तालिमदेखि तालिम केन्द्रहरु अपाङ्गताको विविधताअनुरुप अपाङ्गतामैत्री छन छैनन, तालिमपश्चात रोजगारीका सम्भावना के–के छन्, कहाँ–कहाँ हुन सक्छन्, अपाङ्गता भएका नागरिकको रोजगारीको अधिकारबारे राज्य के भन्छ, अन्तर्राष्ट्रिय मान्यता एवं अभ्यास के कस्ता छन्, तिनीहरुको सफल कार्यान्वयनका सर्तहरु के–के हुन्, नीजि क्षेत्रदेखि अन्य अपाङ्गता अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाको उत्तरदायित्व के– हो भन्नेबारेमा कार्यशालामा बृहत्तर रुपमा छलफल भएको हो ।

प्रथमत राज्यको नीति, नीतिको क्रियान्वयन, क्रियान्वयन गर्ने निकायको इमान्दारीता, पूर्वाधारको अवस्था, अपाङ्गताको विविधताअनुरुपको प्राविधिक शिक्षा र व्यवसायिक तालिम, तालिम अनुरुपको रोजगारीको सुनिश्चतता जस्ता विषय नै अपाङ्गता भएका नागरिकलाई रोजगारीको मूल प्रवाहीकरणका चुनौति भएको वक्ताहरुको धारणा थियो । नीति कस्तो छ, पूर्वाधार कति पहुँचयुक्त छ, बजार परम्परा कस्तो छ, क्षमता अभिवृद्वि कसको र कसलाई आवश्यक छ, अनुगमन र मूल्यांकनको काम हुने गरेको छ या छैन भन्ने विषय महत्वपूर्ण भएको भन्दै यीनै विषयको कसीमा नै अपाङगता भएका नागरिकको रोजगारीमा मूलप्रवाहीकरणको प्रश्न निर्धारित हुने राय अधिकांश सहभागीको रहेको थियो ।

सीप विकासका तालिम आवश्यक छन तर तालिमको कुरा गरिरहदा तनी तालिम केन्द्रहरु कति पहुँचयुक्त छन, अपाङ्गताको प्रकृतिअनुसार उनीहरुले तालिम केन्द्रमा गएर तालिम लिन सक्ने अवस्था छ छैन, पाठ्यक्रम अपाङ्गतामैत्री छ छैन, सीप विकासको तालिमपश्चात केही गर्न सकिन्छ र गरेका उदाहरण प्रशस्तै छन् भन्ने अभिप्रेरणा जगाउँदै उनीहरुको मनोवल उठाउने जागरण सरोकारवालासँग छ छैन भन्ने विषयले पनि रोजगारीमा अपाङ्गता भएका नगारिकको अवस्थालाई निर्धारण गर्छ, कार्यक्रमका वक्ताहरुको धारणा थियो ।

कार्यक्रममा सिटीइभिटीका सदस्य सचिव महेश भट्टराईले सिटिइभिटी अपाङ्गता भएका नगारिकलाई रोजगारीसँग जोडने सन्दर्भमा सकारात्मक हुँदाहुँदैपनि सिटिइभिटी अन्र्तगत सञ्चालित प्राविधिक शिक्षा र व्यवसायिक तालिमका कार्यक्रममा अपाङ्गता भएका नागरिकको आकर्षण उत्साहजनक नदेखिनु अध्ययन र अनुसन्धानकै विषय भएको बताए ।

आगामी दिनमा स्पाईनल इन्जरी संघ नेपाल अन्तर्गतका विभिन्न सीप विकासका परियोजनाहरुमा सिटीइभिटीले सहकार्य गर्ने उनले बताएका थिए ।

कार्यशालामा स्पाईनल इन्जरी संघ नेपालकी अध्यक्ष डा. शान्ता दिक्षितले अपाङ्गता भएका नागरिकको सबैखाले अधिकारका बारेमा भएका नीतिको क्रियान्वयनमा देखिएको उदासिनताले उनीहरुको रोजगारी, आत्मनिर्भरता र आत्मसम्मानको मुद्दा सम्बोधन हुन नसकेको बताइन् । अपाङ्गता भएका नागरिकले पनि अन्य नागरिकसरह राष्ट्रलाई योग्दान गर्न सक्छन र गर्न पाउनुपर्छ, त्यसका लागि भएका नीतिहरुको इमान्दारीतापूर्वक कार्यान्वयनको दृढ इच्छाशक्ति राज्यमा बस्नेसँग हुन आवश्यक छ, दीक्षितको धारणा थियो ।

कार्यक्रममा स्पाईनल इन्जरी संघ नेपालकी कार्यकारी निर्देशक इशा थापाले स्पाईनल इन्जरी संघले स्थापनाकाल देखि गर्दै आएका काम र भ्वाइस परियोजनाले अपाङ्गता भएका नागरिकलाई प्रदान गर्ने सीप विकासका तालिमबारे बताएकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा.बीरेन्द्रराज पोखरेलले प्राविधिक शिक्षा र व्यवसायिक तालिमका सन्दर्भमा विद्यमान नीतिका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यशालामा प्यानल छलफल समेत भएको थियो । प्यानल छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालगदेखि राष्टिय अपाङ्ग महासंघ नेपालका अधिकारी, सीटइभिटीका प्रतिनिधि नीजि रोजगारदाता, व्यवसायिक तालिम प्रदान गर्ने संस्थाका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिहरुको उपस्थितिमा गहन रुपमा छलफल भएको थियो ।

सो प्यानल डिस्कसनलाई भ्वाईस परियोजनाका पूर्व टिम लिडर, हाल कन्ट्री रिप्रेजेन्टिेटिभ नेपाल हिल्फे बाइलिङग्रिस जर्मनीका हरि अधिकारीले गरेका थिए । कार्यक्रमको पछिल्लो सत्रमा सहभागीहरुलाई विभिन्न पाँच समूहमा विभाजना गरेर नीति, पूर्वाधार, बजार परम्परा, क्षमता अभिवृद्वि, अनुगमन तथा मूल्यांकनका सन्दर्भमा छलफल गराउँदै त्यसका लागि आवश्यक सुझाव मागिएको थियो ।

कार्यक्रमको समापन गर्दे स्पाईनल इन्जरी संघ नेपालकी कार्यकारी निर्देशक इशा थापाले कार्यशालका विभिन्न सत्रमा विज्ञ, अधिकारकर्मी तथा अन्य सहभागीबाट प्राप्त रचनात्मक सुझावलाई समेटेर उठान भएका विषयको सम्बोधनका लागि सरोकारवाला मन्त्रालयमा पेश गरिने बताएकी थिइन् ।

अपाङ्गता भएका नागरिकको आत्मसम्मानका लागि आत्मनिर्भरता र आत्मनिर्भरताका लागि रोजगारी, रोजगारीका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको मर्मलाई स्पाईनल इन्जरी संघ नेपाल तथा भ्वाईस परियोजनाले सदैब आत्मसाथ गर्दै अगाडि बढने भन्दै थापाले अपाङ्गताको विविधता अनुरुपको प्राविधिक एवं पहुँचयुक्त व्यवसायिक तालिमको पक्षमा निरन्तर पैरवीका लागि सरोकारवाला सबैसँग अपिल समेत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host