रुपन्देही । रुपन्देही सैनामैनामा बजारका विभिन्न ठाउँमा खाद्य अनुगमन गरिएका छ । घरेलु तथा साना कार्यालय रुपन्देहीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर भैरहवा, ईलाका प्रशासन कार्यालय बुटबल, सैनामैना उद्योग वािणज्य संघका प्रतिनिधि, सञ्चारकर्मी र सुरक्षाकर्मीको संयुक्त टोलीले सैनामैनामा बजारका विभिन्न ठाउँमा रहेका किराना, पसल, होटल तथा मिष्ठान्न भण्डारको अनुगमन गरेको हो ।
अनुगमन गर्ने क्रममा भेटिएका विभिन्न अखाद्य पदार्थ जफत गर्नुका साथै सुधारका लागि निर्देशन दिइएको घरेलु तथा साना कार्यलय रुपन्देहीका प्रमुख शारदा भट्टराईले बताए ।
उनले आम उपभोक्ताको स्वास्थ्य जोखिम कम गर्न, स्वच्छता सुनिश्चित गर्न, कानूनी नियमहरूको पालन गराउन, र बजार भाउको भन्दा बढी छ कि छैन भन्ने मूल्य नियन्त्रण गर्ने उदेश्यका साथ यो कार्य गरिएको र यसलाई निरन्तरता दिने बताए ।
टोलीले सैनामैना क्षेत्रका होटल, किराना पसल, डेरी तथा अन्य खाद्यान्य पसलहरुको अनुगमन थप व्यवस्थापनका लागि सुझाव र म्याद गूज्रिएका समान नष्ठ गरिएको बताएको छ ।
अनुगमनमा विभिन्न पसलबाट म्याद काजु, घिउ, साबुन, किसमिस, ल्वाङ, सुकमेल, दालमोठ बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका बरिष्ठ शाखा अधिकृत लोककुमार कार्कीले बताए ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी भैरहवाकी सोनीला गौतम, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर भैरहवा अधिकृत हिमलाल भुसाल, ईलाका प्रशासन कार्यालय बुटबलका प्रतिनिधि राम प्रसाद शर्मा, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेल, मुर्गिया प्रहरी कार्यलयका प्रतिनिधि कवि सेन्चुरी, घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका लेखा अधिकृत गणेश रायमाझी, कार्यालयका उद्यम विकास सहजकर्ता अनन्त पन्थी लगायतको सहभागीतामा अनुगमन गरिएको हो ।












