काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण भएको छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लगायतले पोखरेलको पुस्तक लोकार्पण गरे । सो पुस्तक सांग्रिला प्रकाशनले संग्रहका रुपमा बजारमा ल्याएको हो ।












