Outline Khabar
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026
                                                       
No Result
View All Result

२०८४ को चुनावमा सबैभन्दा धेरै मत ल्याउने अभियानमा छौं : अग्नि सापकोटा

२०८४ को चुनावमा सबैभन्दा धेरै मत ल्याउने अभियानमा छौं : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले २०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउन केन्द्रित भएको बताएका छन् । हाल माओवादी पार्टीका जनवर्गीय संगठन र विभिन्न मोर्चाहरु ‘असाधारण तरिकाले’ पार्टी निर्माणमा लागेकाले २०८४ सालमा माओवादी केन्द्रको मत बढ्ने उनको दाबी छ ।

विगतमा स्थानीय तहको उपनिर्वाचन, स्ववियु निर्वाचन र नेपाल पत्रकार महासंघको निर्वाचनको नतिजालाई विश्लेषण सुनाउँदै उनले विगतको भन्दा माओवादी मत बढ्ने जिकिर गरे । जनताका मुद्दालाई फेरि पक्रन थालेकाले पनि माओवादीको पक्षमा मत बढ्ने उनको विश्वास छ ।

Subisu

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सापकोटाले भनेका छन्, ‘स्थानीय तहको चुुनावमा हामी दोस्रो भयौं । पूर्वमा हाम्रो पार्र्टी पहिलो नै भयो । नयाँ युवा पुस्तामा अलिकति भ्रम, कन्फ्युजन जस्तो भएको थियो, त्यो साफ भएर स्ववियुमा दुई थरी कांग्रेस र एमाले मिलेर लड्दा पनि कतिपय ठाउँमा हाम्रो विद्यार्थी संगठनले विजयी हासिल गरेको छ ।’

उदाहरण दिँदै उनी थप भन्छन्, ‘पूर्वाञ्चलको विराटनगरमा रहेको डिग्री क्याम्पसमा हाम्रो पार्टीले ३० वर्षयता पहिलोपटक जित्यो । नेपाल पत्रकार महासंघमा कांग्रेस-एमाले दुवैथरी मिल्दा पनि केन्द्रमा कोषाध्यक्ष लगायत विभिन्न प्रदेशमा हामीले धेरै राम्रो सफलता हासिल गरेका छौं । अन्य संघसंस्थाहरुमा पनि हाम्रो पार्टीले एक्लै लडेर पनि निकै राम्रो सफलता हासिल गरेको छ । अर्को कुरा हामीले फेरि जनताको मुद्दालाई पक्रन थालेका छौं ।’

विगतमा वर्गीय सम्बन्ध घनिष्ट नहुँदा पार्टीप्रति शहीद, वेपत्ता परिवारका गुनासाहरु, चित्त दुखाइहरुका कारण पार्टी केही कमजोर बनाएको स्वीकार गर्दै उनले भनेका छन्, ‘पार्टी रुपान्तरण शुद्धीकरणका लागि पार्टीले विगतमा भएका कमी कमजोरीको आत्मसमीक्षा गरेर अगाडि बढेका छौं ।’

२०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले २०८४ सालमा एकल बहुमत हासिल गर्न समाजवादी क्रान्तिको रुपरेखा र मागचित्रलाई प्रष्ट पारेको उनले बताए ।

पार्टीले सञ्चालन गरेकोे हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्र्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको बताए । माओवादी पार्र्टी केही समय रुमल्लिए जस्तो, अल्मलिएजस्तो देखिए पनि अब यसले गति लिएको उनको भनाइ छ । यसबाट जनसम्बन्ध सुदृढ भएको पनि उनले जिकिर गरे ।

‘दर्शन, विचार, दृष्टिकोण, रणनीति, कार्र्यनीति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्नुपर्छ भन्ने एउटा संकल्पका साथ हामीले पहिला हुलाकीमार्ग केन्द्रित अभियान चलायौँ । त्यो अभियानमा हामी जनताको भित्रि तहसम्म गयौँ । शहीद परिवार, बेपत्ता परिवार, मधेशका जनताका समस्याका बारेमा अध्ययन गर्र्न पायौँ । अहिले मधेसको सबैभन्दा ठूलो समस्या भनेको त्यहाँ सामाजिक विभेद छ । त्यहाँबाट हामीले धेरै कुरा अध्ययन पनि गयौँ ।’

उनले थपे, ‘जनतालाई सिकायौं पनि जनताबाट सिक्यौँ पनि । त्यसपछि हामीले मध्यपहाडीको अभियान पोखरामा आएर स्थगित गरेका छौँ । त्यसलाई फेरि गर्ने निर्णय भएको छ । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्गमा हामीले जनसम्बन्धलाई सुढृढीकरण गर्‍यौं ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आयोगमा उपस्थित भए सुदन गुरुङ, भने, ‘सत्य कहिल्यै डराउँदैन’

फेवाताल जग्गा प्रकरणमा आफैमाथि प्रश्न उठेपछि गृहमन्त्री गुरुङको दाबी- ‘म ठगिए, कानुनी उपचारमा जान्छु’

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

आठ निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

इरान युद्धको असर, नेपालमा सातामा दुई दिन बिदा

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

रेशमलाई पक्राउ गर्न पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत दोषी ठहर

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host