काठमाडौं । सल्यान शारदा नगरपालिका श्रीनगर बजारमा जारी दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी भएको छ । शनिबार राति करिब ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार माघ १८ गतेबाट जारी महोत्सवमा शनिबार राति आगलागी हुँला ८० वटा स्टल जलेर नष्ट भएका छन्।
आगलागीबाट करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले महोत्सवको आयोजना गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय सहयोगमा आगोलाई नियन्त्रणमा लिइसकिएको छ।












