काठमाडौं । रसुवाको लहरेपौवा क्षेत्रमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गत्लाङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस दिउँसो करिब २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई त्रिशूली अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।












