काठमाडौं । विद्यार्थीलाई वैदेशिक अध्ययनको काउन्सिलिङ गर्न पुतलीसडकस्थित एबि अप्लाईले मंगलबार काठमाडौंमा ‘एजुकेशन फेयर’ आयोजना गरेको छ।
फेयरमा सहभागी विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालय, कलेज र त्यहाँको कोर्स, शुल्कबारे जानकारी पाएकाे मार्केटिङ काेर्डिनेटर नारायण केसीले बताए। `कुन देशमा जानका लागि के कति खर्च लाग्छ, शैक्षिक कोर्ष के कस्तो छ भनेर पनि जानकार पाए,´ उनले भने।
फेयरको उदघाटन नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष प्रकाश पाण्डेले गरेका थिए । फेयरमा सहभागी विद्यार्थीलाई विभिन्न गिफ्ट ह्याम्पर, सिनेमाको टिकेट र फुड भौचर प्रदान गरिएको थियो।
अमेरिका, अष्ट्रेलिया, यूके, क्यानडा र न्यूजिल्यान्डका १९ कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीलाई परामर्श प्रदान गरेका थिए।

उच्च शिक्षाको गन्तव्य विदेशमा गएर हासिल गर्न चाहने विद्यार्थीले सही परामर्श्, पढ्न चाहने विषयको जानकारी, लाग्ने शुल्क, विश्वविद्यालयको प्रकृया, विदेशमा गइसकेपछि चाल्नुपर्ने कदम्, अप्लाई गर्ने बेला बनाउनुपर्ने डकुमेन्ट्, भाषा शिक्षणको प्रकृयाबारेमा विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले फेयरको आयोजना गरिएको केसीले बताए।












