Outline Khabar
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026
                                                       
No Result
View All Result

सिमलताल दुर्घटनाः न भेटिए यात्रु, न भेटियो बस

त्रिशूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न भारतीय उद्धार टोली पनि परिचालन

काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाएका दुई वटा बस अझै फेला परेका छैनन। बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ । बेपत्ता बस र यात्रु खोजीमा सघाउन भारतबाट आएको उद्धार टोली पनि आज फर्कँदै छ ।

एक हप्ताको समय लिएर भारतबाट शनिबार (साउन ५ गते) चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले आज भारत फर्किन लागेको हो ।

Subisu

काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बगेका थिए।

बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले पौडिएर ज्यान जोगाए पनि बाँकी सबै बेपत्ता भएका थिए। तीमध्ये हालसम्म २५ जनाको शव फेला परेका छन् भने बाँकी यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

घटनाकै दिनदेखि नेपाली सेना, नेपाल प्रहरी, गोताखोर टोली खोजीमा खटिए। एक हप्तासम्म खोजी गर्दा २५ जनाको मात्र शव फेला प¥यो। नेपाली स्रोतसाधनले दुई बस र बाँकी यात्रु फेला पार्न नसकेपछि सरकारले भारतबाट उद्धार टोली झिकाएको थियो।

भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली शनिबार (साउन ५ गते) चितवन आइपुगेको थियो। उक्त दिन टोलीलाई जिल्ला प्रशासन कार्यालय चितवनको हलमा दुर्घटनाबारे दुर्घटनाको टोलीलाई ब्रिफिङ गराइयो।

भारतीय टोलीको खोजी बस खसेको स्थान वरपर त्रिशूली नदीमा केन्द्रित थियो । उनीहरूले शनिबार १९ किलो र १४ किलोका दुईवटा शक्तिशाली चुम्बक प्रयोग गरेर बसको खोजी गरेका थिए ।

एउटा १९ किलोको चुम्बक नै त्रिशूलीमा बगेर हराएको छ । त्रिशूली नदीको उर्लँदो भेल र उच्च बहाबले खोजी कार्यमा बाधा दिएको भारतीय प्राविधिकहरूले बताएका थिए ।

उक्त टोली भोलिपल्ट अर्थात् ६ गते आइतबार बिहानैबाट प्रविधिसहित नेपाली उद्धार टोलीसँगै घटनास्थलदेखि नारायणी नदीसम्म खोजीमा खटियो। एकहप्ताको समय लिएर आएको भारतीय टोली शनिबारसम्म खोजीमा जुट्यो। तर न बस फेला पर्यो भने न यात्रु नै ।
दुर्घटनापछि निरन्तरको वर्षाका कारण नदीमा दैनिक बाढी आइरहेको छ। दैनिक ६५/७० जना खोजीमा खटिरहेका छन्।

हालसम्म फेला परेका २५ शवमध्ये १७ वटाको मात्र सनाखत भएको छ। जसमा ऋषिपाल साह, विकास परियार, रमितकुमार माझी, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सुदीप विक, परमानन्द पण्डित, किशोरकुमार चौधरी, अशोककुमार यादव, ऋषिकुमार सिंह, विवेककुमार, जितेन्द्र राम महरा, चन्द्रप्रभा कुमारी, अमृता कुमारी, तुल्सी दास, सनबाज अलाम, माइला भनिने राजेन्द्र लामिछाने छन्।
८ शवको भने अझै परिचय पत्ता लाग्न सकेको छैन। जसमा ६ पुरुष र २ महिला छन्।

सिमलताल घटना अध्ययन कार्यदलको समय ७ दिन थप

दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थपिएको छ । कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा थप सात दिन समय दिइएको कार्यदलका संयोजक छवि रिजालले बताए।

अध्ययनका क्रममा सिमतालभन्दा माथिको भिरालो जमिनमा ग्रामीण सडक खनेको पाइएको, बाटो खन्दा निस्केको माटोको उचित व्यवस्थापन नभएको र त्यसैले भेलबाढी उत्पन्न गराएको पाइएको कार्यदलका सदस्यसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए। कार्यदलको अध्ययनले पनि माथिल्लो भेगबाट लेदोसहितको भेलबाढी आएको र दुई वटा बगाएको देखाएको छ। सडक डिभिजन भरतपुरले यही कुरालाई औंल्याएको थियो।

सिमलतालको भेलबाढी गएको स्थान सिँदुरे गहिरोमाथि भिरालो परेको जमिन छ। त्यसको ठीक माथि डुम्रेबेंसी गाउँ छ। त्यही गाउँको निकास खोल्सी भएर बग्ने गर्छ। वर्षातमा मात्रै पानी बग्ने सिँदुरे गहिरोमा दुइटा खोल्सी मिसिन्छ।

दाहिनेतर्फको खोल्सीमा पानी र थोरै परिमाणमा डेब्रिज अर्थात् गेग्रान बहाव भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। यसरी गेग्रान र पहिरो आउने खोल्सीको स्रोत पहिल्याउँदै जाँदा राजमार्गदेखि ९०० मिटर माथि पहिरो फेला परेको प्रतिवेदनमा उल्लेख छ।

पहिरोको स्रोत भर्खरै खनिएको ग्रामीण सडक हो। त्यस ठाउँमा कविलासबाट डुम्रेबेँसीसम्म जाने सडक ट्र्याक पहिले नै खनिएको थियो। त्यही गाउँ भएर डुम्रे लेकसम्म पुग्ने नयाँ ट्र्याक खनेको भरतपुर महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष सूर्यबहादुर गुरूङले बताए। वडाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेर नयाँ ट्र्याक खोलेको थियो। सडक खन्दा निस्केको माटो पाखा र खोल्सीमा हालिएको थियो।

सडक डिभिजन भरतपुरले पनि त्यही नयाँ सडकलाई पहिरोको स्रोतको रूपमा उल्लेख गरेको छ। त्यही पहिराको माटोलाई अविरलरूपमा परेको वर्षात्ले बगाउँदा गेग्रान बहावको रूप लिएको र गाडी नै बगाउने विपद् निम्तिएको निष्कर्ष छ।

‘पहिराको स्रोत हालै माथिदेखि तलतर्फ करिब ६५० मिटर लामो र ५ मिटर चौडाइमा खनिएको ग्रामीण सडक देखिन्छ। उक्त सडकमा ’स्लोप प्रोटेक्सन’ र नाला व्यवस्थापनमा कुनै काम गरेको छैन,’ गेग्रान बहावको कारण पहिल्याउँदै भनिएको छ।

उक्त ग्रामीण सडकको पहिलो मोडदेखि पाँचौं मोडसम्मको जमिन ७० सेन्टिमिटरदेखि २.३ मिटरसम्म भासिएको देखिएको छ। त्यस्तै सडकको दायाँबायाँ जमिन चिरा पर्नुका साथै बाटो खनेर पुरेको माटो पनि भास्सिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

 

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

दुईतिहाइनजिक हुँदाहुँदै अध्यादेशः शक्ति प्रयोग कि संसद् छल्ने रणनीति?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

ताजा समाचार

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसको आपत्ति, संसद् छलेर शक्ति केन्द्रीकरणमा लागेको आरोप

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

दुईतिहाइनजिक हुँदाहुँदै अध्यादेशः शक्ति प्रयोग कि संसद् छल्ने रणनीति?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

युद्ध अन्त्यका लागि इरानले पठायो प्रस्ताव, किन खुसी भएनन् ट्रम्प?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी: सोमबार सुन २ हजारले घट्यो

घट्यो सुनचाँदीको भाउ, तोलाको कति?

२२ दल/घटक मिलेर बनेको नेकपा ७ सीटमा सीमित, चार प्रदेशमा नील

संविधान संशोधनका लागि नेकपाले पनि बनायो कार्यदल

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

होटेल तथा रिर्सोटमा कार्यक्रम नगर्न मातहतका निकायलाई भूमि मन्त्रालयको निर्देशन

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host