काठमाडौं । सिमलताल त्रिशुली नदीमा हराइरहेको बसको खोजी गर्न प्रयोग गरिएको ठूलो चुम्बक नै पानीले बगाएको छ ।
शनिबार दिउँसो खोजी कार्य गर्ने क्रममा १९ किलोको चारपाटे चुम्बक नै पानीले बगाएको उद्दारमा खटिएको टोलीले जनाएको छ ।
उक्त चुम्बक खोज्न खोजीकार्य टोली देवघाटसम्म पुगेको थियो । तर चुम्बक फेला पर्न सकेन । चुम्बकसँगै लाइफ ब्वाई ट्युव समेत पानीले बगाएको छ । असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।












