काठमाडौं। प्रहरीले गुन्डागर्दीविरुद्ध ‘काठमाडौँ सेफ्टी अपरेसन’ थालेको छ।
शुक्रबार राति मात्र काठमाडौँका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
प्रहरीले गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले विभिन्न क्षेत्रबाट पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।
यी हुन् १३ जना
१. सञ्जीव लामा (काभ्रेपलाञ्चोक नमोबुद्ध-१ घर भई हाल बानेश्वर, बत्तीसपुतली बस्ने)
२. अशोक गिरी (सिन्धुपाल्चोक मेलम्ची-७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका, मनमैजु इन्द्रपुल बस्ने)
३. वकिल बम (कालीकोट पतला गाउँपालिका घर भएका)
४. सुरेश गुरुङ भन्ने किमजोङ (खोटाङ ऐसलुखर्क गाउँपालिका-१ घर भई हाल बुढानीलकण्ठ-३, कपन बस्ने)
५. सञ्जीव राई (खोटाङको ऐसलुखर्क गाउँपालिका-२ घर भई हाल कपन बस्ने)
६. राजकुमार तामाङ (काभ्रे पाँचखाल-४ घर भएका)
७. विनोद ठकुरी (काभ्रे मण्डनदेउपुर-११ घर भई हाल बुढानीलकण्ठ-१०)
८. शेर्पा लामा (काभ्रे चुरीदेउराली-७ घर भएका)
९. राहुल राई (खोटाङ केपिलासगढी घर भई हाल बुढानीलकण्ठ)
१०. समेश तामाङ (नुवाकोट दुप्चेश्वर-४ घर भइ हाल बुढानीलकण्ठ-११)
११. सुनबहादुर तामाङ (नुवाकोट शिवपुरी गापा ५ घर भइ हाल बुढानीलकण्ठ-१०, बालुवाखानी)
१२. महेश महत (ललितपुर महाङ्काल)
१३. वीरबहादुर लामा (काभ्रे मण्डनदेउपुर नपा-१० घर भइ हाल बुढानीलकण्ठ)












