काठमाडौं। आज बुधबार देशका कतिपय ठाउँमा बादल लाग्ने र वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीका पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकीका हिमाली भूभागमा बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आँशिक बादल लाग्नेछ। तराईमा भने मौसम सफा रहनेछ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति कोशी र गण्डकी हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बिहीबार पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ भने तराईमा मौसम सफा रहने छ। सबै प्रदेशको पहाडी र हिमाली भू(भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।












