काठमाडौं। अमेरिका र इजरायलसँग जारी युद्धका बीच इरानका राष्ट्रपति मसूद पेजेशकियनले युद्ध अन्त्यका लागि सर्त अघि सारेका छन्।
राष्ट्रपति पेजेशकियनले रुस र पाकिस्तानका नेताहरूसँग भएको कुराकानीमा क्षेत्रीय शान्तिप्रति इरानको प्रतिबद्धता दोहोर्याएको बताएका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरिएको पोस्टमा उनले लेखेका छन्, ‘इजरायल र अमेरिकाले सुरु गरेको युद्ध अन्त्य गर्ने एकमात्र उपाय भनेको इरानका वैध अधिकारहरूलाई मान्यता दिनु, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा कुनै पनि आक्रमण नहुने सुनिश्चित गर्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नु हो।’
पेजेशकियनको यो अभिव्यक्ति त्यस्तो समयमा आएको हो जब इरान, अमेरिका र इजरायलबीच जारी संघर्षका कारण क्षेत्रमा तनाव बढिरहेको छ।
यसअघि इरानले मंगलबार मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी र इजरायली ठेगानाहरूलाई निशाना बनाइरहेको पनि बताएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूहरुले जितिसकेको र युद्ध अन्त्य भइसकेको दाबी गरेका छन्।












