काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनको भाउ प्रतितोला २ हजारले रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार प्रतितोला ३ हजार ८ सयले बढेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर छ।
मंगलबार प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।












