Outline Khabar
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, चैत्र २१, २०८२
Saturday, April 4, 2026
                                                       
No Result
View All Result

बच्चाले चिउरा र मकै चपाउन नसक्ने ?

डा.अरुणा उप्रेती

पत्रु खाना : जन्मदा नै शिशु अस्वास्थ्य जन्मिने

डा.अरुणा उप्रेती

Subisu
मलाई कतिपय स्कुलमा खानपानका विषयमा बोल्न आग्रह गरिन्छ। एउटा सरकारी स्कुलका शिक्षकहरूले भने, ‘बालबालिकाको पोषण कस्तो हुनुपर्छ भनेर अभिभावकलाई भन्दिनुपर्यो, किनभने बाल पोषणका बारेमा अभिभावकले बेवास्ता गरेर पत्रु खाना नै खाजा दिएर पठाउँछन्। त्यसो गर्दा हामीले भनेका कुरा विद्यार्थीले वास्तै गर्दैनन्।’
बालबालिकालाई स्कुलमै खाजा दिने ती स्कुलका शिक्षकले अभिभावकले आफ्ना सन्तानको स्वास्थ्यको बेवास्ता गरेको सुन्दा त दुःखी भएँ। एक स्कुलकी शिक्षिकाले भनिन्, ‘मेरो स्कुलमा ६ वर्षको एक बच्चा छ, उसले त चपाउनै जान्दैन। दालभात सबै मिसाएर पिसेर दिनुपर्छ।
बच्चाका आमाबुबाले बच्चालाई खुवाउन गाह्रो हुने भनेर सबै कुरा मिक्सरमा पिसेर खान दिने गर्दा रहेछन्। बच्चाको दाँतको पनि राम्रो विकास भएको छैन।’ यो सुनेर मेरो मन खिस्रिक्क भयो।
बच्चाले चिउरा र मकै चपाउन नसक्ने यो बालकले आमाबाबुको ‘विषालु प्रेम’ को फल भोगिरहनुपरेको छ, भविष्यमा झन् बढी भोग्नेछ। मैले भनें, ‘बच्चाका मातापितालाई भनिदिनुस्, यसरी बच्चालाई सबै कुरा पिसेर दिइयो भने त उसको दाँत बिग्रन्छ। पाचन शक्ति पनि कमजोर हुन्छ। दाँतले चपाउँदा अनुहारका मासंपेशीहरू पनि बलिया हुन्छन्। चपाएर खाइएका खाना स्वादका आनन्दबाट त बच्चा वञ्चित हुन्छ नै ठूलो हुन्जेलसम्म चपाउन नजानेपछि असर पर्छ।’
कतिपय निजी स्कुलमा गएर अभिभावकसँग छलफल गर्दा बच्चाले चिउरा र मकै चपाउन नसक्ने हुनाले दूधमा कर्नफ्लेक्स र म्युस्ली हालेर खान दिने गरेको पनि सुनें। अभिभावकको कुराबाट मैले के बुझें भने कर्नफ्लेक्स दिँदा बच्चालाई ‘बढी पौष्टिक तत्त्व भएको’ खाना दिइएको भन्ने आमाबुबाले ठान्दा रहेछन्। कर्नफ्लेक्स मकैबाट नै बन्ने भन्ने उनीहरूलाई ज्ञान छैन। त्यसैगरी एक महिलाले छलफलमा भनेकी थिइन्, ‘मकैका च्याँख्ला र चिउरा त गाउँघरकाले खाने खानेकुरा हुन्। हामीले किन्ने कर्नफ्लेक्स रेसादार पदार्थ र लौह तत्त्व पनि मिसाइएको हुन्छ भनेर लेखिन्छ। त्यो त मकैभन्दा राम्रो होला नि।’
मकैमा बाहिरबाट रेसादार पदार्थ मिसाउनै पर्दैन, यो त प्राकृतिक रूपमा मकैमै हुन्छ तर कम्पनीको विज्ञापनले भ्रम छरेको छ। अनि मैले ती महिलालाई भनें, ‘कर्नफ्लेक्स मकैबाट बन्ने मात्र होइन कि त्यसलाई प्रोसेस गरेर अङ्ग्रेजीमा नाम लेखिएपछि र प्याकेटमा आएपछि त्यो महँगो हुन्छ। च्याँख्ला पकाएर, चपाएर ख्वाउन सिकाउनुस्।’
एक जना महिलाले गाउँमा भनेकी थिइन्, ‘हाम्रा बच्चालाई त हामीले भात–खाजा दिँदा मान्दैनन् तर बाहिरबाट ल्याएको राइसफ्लेक्स दिँदा मजासँग खान्छन्।’ मैले हाँसउठ्यो हाँसो रोक्दै भनें, ‘राइसफ्लेक्स र चिउरामा त उस्तै पौष्टिक तत्त्व हुन्छ। तपाईंले ‘राइसफ्लेक्स’ नपाए, चिउरा नै खुवाए पनि हुन्छ। दुवै वस्तु एकैजस्तो हो भनेको सुनेपछि उनी दंग परिन्।
हामीकहाँ अनेक पौष्टिक भोजन छन्। बालबालिकालाई सहज तरिकाले बनाउन र खुवाउनका लागि अभिभावकले अलिकता मात्र ध्यान दिए पुग्छ। बाहिरबाट पैसा खर्च गरेर पत्रु खाना खुवाउँदा एक दिनका लागि त सजिलो होला, तर जीवनभरका लागि मधुमेह, उच्च रक्तचाप, मोटोपन निम्तन सक्छ। त्यसैले बच्चालाई एकछिन खुसी पार्न पत्रु खाना खुवाएको के काम ?
डा.उप्रेतीको फेसबुकबाट

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host