काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्न नवनियुक्त मन्त्री भगवती न्यौपाने आज (बुधबार) दिउँसो ३ बजे शपथग्रहण गर्ने भएकी छन्।
यसअघि मन्त्री रहेका राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गरेका हुन्।
बालुवाटार स्रोतका अनुसार मन्त्री न्यौपानेको शपथ ग्रहण समारोह दिउँसो ३ बजेका लागि तय गरिएको हो।












