दरबार हाँस्दथ्यो हिजो, झल्किन्थ्यो सत्ताको तेज,
शिर झुकाउँथ्यौँ हामी सबै, सम्झिन्थ्यौँ उसको सेज।
जननी, जन्मभूमि सँग, राजा ठानिन्थ्यो धर्म,
तर एक रात झर्यो बादल, गर्यो विनाश कर्म।
न त बज्यो शङ्ख, न थाल, न घन्कियो सिंगार,
रगतै रगत बगाइ गयो, त्यो शाही दरबार।
राजा, रानी, र राजकुमार – ढले एकै रात,
कसले गनायो ती गोलीहरू? लुक्यो कता घात?
छायाहरू आउँथे भित्र, पर्दा पछि लुके,
कसको मनमा थियो विष, जसले सारा झुके?
नाताको नाउँमा चल्यो खेल, प्रेमैको फेरमा,
कसरी जल्यो आगो भित्र, सत्ताको घेरामा?
गौरवशाली सिंहासनले खायो लाजको धुलो,
राज्यबिना राजा मरे, उठेन न्यायको मूलो।
प्रेसले लेख्यो “दुर्घटना हो”, रेडियोले भन्यो शोक,
जनताले भने “यो के हो?”, आँसु झार्दै रोक।
किन बाँच्यो केही मान्छेहरू, किन मरे सबै?
के भाग्यको खेल हो त यो, कि षड्यन्त्रकै?
कति राज, कति चाल, भित्रभित्रको कुरा,
जनगण आज पनि सोध्दछ: “कहिले खुल्छ यो कुरा?
समय बित्यो, युग फेरियो, सिंहदरबार मौन,
तर त्यो रातको गोलीले अझै पोल्दछ गाउन।
देशले पायो गणतन्त्र, राजा बन्यो कथा,
तर नबिर्सिन्छन् नेपाली, त्यो रक्ताम्य व्यथा।
✍️सुदिप वि.क
बेसिशहर ११ लमजुङ












