काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको हो ।
समितिको सदस्यमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्। गृहमन्त्री अर्यालयका अनुसार समितिलाई ३ महिनाको समय तोकिएको छ। तीन महिनाभित्र समितिले जाँझबुझको प्रतिवेदन पेस गर्नुपर्नेछ।












