ललितपुर । बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले काम सानो र ठुलो नभन्ने हो भने देशमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताइन् । उनले काम सानो वा ठुलो भनेर विभेद गर्नु भन्दा देशभित्रै भविष्य खोज्न आफ्नै देशभित्र जस्तोसुकै काम गर्न पनि तयार हुनुपर्ने बताइन् ।
विदेशमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्न तयार हुने, नेपालमा चाहिँ छ घण्टा पनि काम नगर्ने प्रवृत्ति हुनुहुँदैन, हामीले आफ्नो अवस्था अनुसार आफूलाई ढाल्नुपर्छ, सामुदायिक विद्यालयका शिक्षाको स्तर गुणस्तरीय बनाउन हामी लागेका छौँ, अवस्था सुदृढ हुन्छ। तसर्थ नेपालका काम गर्नका लागि अवसर छ, युवाहरू निराश हुनुपर्ने अवस्था छैन’ उनले भनिन् ।
उनले बागमती प्रदेशले सूचना प्रविधिलाई जोड दिएको, धेरै कार्यविधि बनाएको छ भन्दै यसलाई उपयोग गर्न आग्रह गरिन् । बागमती प्रदेशले प्रदेश युवा नीति, युवा वैज्ञानिक प्रोत्साहन कार्यविधि बनाएको जानकारी गराउँदै १३ वटै जिल्लाका युवाहरूलाई समेटेर अगाडि बढ्छौँ भन्ने प्रतिबद्धता जनाइन् ।






![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)