काठमाडौं । डिल्लीबजार कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेशलराज बुढाथोकी छन् । उनलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । २०६७ साउनमा उनी डिल्लीबजार कारागारबाट भागेका हुन् ।
वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुुङको मुकुम्लुङमा उत्पन्न समस्या वार्ताबाट हल गरिनुपर्ने बताएका छन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले आज पत्रकार सम्मेलन गरी वार्ताको माध्यमबाट समस्या हल गरिनुपर्ने बताएका हुन् ।
‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ,’ भट्टराईले भनेका छन्, ‘परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सदभाव भडकिने खालका गतिविधिले कसैको हित गर्दैन ।’
वार्तामा बस्न आन्दोलन फिर्ता लिन र गिरफ्तार भएकाहरुको रिहा गर्न उनले माग राखेका छन् । ‘यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफतार भएका व्यक्तिहरु रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्थ ागर्न माग गर्दै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।’
पाथीभरा क्षेत्रमा केवलकार निर्माण सुरु भएपछि त्यसको विरोधमा गत १२ माघमा प्रदर्शनका भएको थियो । ‘नो केवलकार’ अभियान्ताहरुको आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन् ।












