काठमाडौं । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा यश कुमारको शब्द, संगीत र स्वर छ। भिडियोमा मोडल गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय छ। गायक यश कुमार पनि भिडिओमा अतिथि भूमिकामा देखिएका छन्।
गीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्। ‘हिरो’ गीतको भिडिओमार्फत गायक यश कुमारले आत्महत्या दुरूत्साहनको मुद्धा उठान गरेका छन्।
यो गीतमा हरि हुँमागाईको छायांकन, विकास धमलाको सम्पादन छ।