काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहयात्राको सहमतिलाई चरम अवसरवाद भएको बताएको छ ।
सो पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिए ।
सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त धारणा व्यक्त गरेका हुन् ।