काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आजबाट शुरु भएको छ । काठमाडौंको कमलादीमा २० असारसम्म चल्ने महाधिवेशन आज उद्घाटन हुँदैछ ।
महाधिवेशनअघि नेकपा एसले भृकुटीमण्डपबाट र्याली निकालेको थियो । नेताहरुले सर्वसहमत नेतृत्व चयन गर्न दबाब दिइरहेका बेला अध्यक्षका लागि तीन जना नेताहरुले दाबी प्रस्तुत गरेका छन् । जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अध्यक्षको आकांक्षी छन् ।