काठमाडौं। भारतमा आगामी आगामी १ मार्चबाट सिम कार्ड बिना ह्वाट्स्एप नचल्ने भएको छ। केन्द्र सरकारले ‘सिम बाइन्डिङ’ नियम लागू गर्ने को समयसीमा नबढाइने बिहीबार स्पष्ट पारेको हो। नयाँ नियमअनुसार मोबाइलमा सिम कार्ड नभएमा ह्वाट्स्एप, टेलिग्राम, सिग्नल, स्न्यापच्याट, शेयरच्याट, जियोच्याट, अराटाई र जोश जस्ता म्यासेजिङ एप काम गर्ने छैनन्।
कम्प्युटरमा लगइन गरिएको ह्वाट्स्एप पनि ६ घण्टामा लगआउट हुनेछ। सरकारले दाबी गरेको छ कि यसले साइबर ठगी गर्नेहरू पत्ता लगाउन सहयोग पुग्नेछ।
सिम बाइन्डिङ एक सुरक्षा कवच हो। यसले तपाईंको म्यासेजिङ एपलाई तपाईंको भौतिक सिम कार्डसँग ‘लक’ गरिदिन्छ। यसको सबैभन्दा ठूलो फाइदा के हो भने कुनै पनि ह्याकर वा ठगले तपाईंको नम्बर प्रयोग गरेर अर्को उपकरणमा बसेर दुरुपयोग गर्न सक्दैन।
जब तपाईं कुनै एपलाई सिम बाइन्डिङसँग जोड्नुहुन्छ, त्यो एप त्यतिबेला मात्र खुल्नेछ जब तपाईंको दर्ता गरिएको सिम कार्ड सोही फोनभित्र उपस्थित हुनेछ।
केन्द्रीय सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियाले यो नियम राष्ट्रिय सुरक्षा र ठगी रोक्न लागू गरिएको हो र सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता गर्ने छैन।
प्रयोगकर्ताले आफ्नो ह्वाट्स्एपमा जुन नम्बरमा दर्ता छ, त्यही सिम सोही फोनमा राखिएको छ भन्ने सुनिश्चित गर्नुपर्छ। यदि सिम कार्ड फोनबाट निकालियो भने म्यासेजिङ एप काम गर्न बन्द हुन सक्छ।












