काठमाडौं। फेरि वर्षा हुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि मौसम सक्रिय हुने भएको हो। शुक्रबार सबै प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। त्यस्तै, तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको आकलन छ।
शुक्रबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागको एक-दुई स्थानमा मध्यम वर्षा हुने देखिन्छ।
आज बिहीबार भने तुलनात्मक रुपमा मौसम सफा रहनेछ। तर, कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थानमा भने वर्षा हुने देखिन्छ।












