काठमाडौं। आज मंगलबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाथका अनुसार कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा वर्षा हुने देखिन्छ भने कोशीका तराई क्षेत्रमा पनि वर्षा हुनेछ।
विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा हुनेछ भने बाँकी प्रदेशका पहाडी र हिमाली भुभागका थोरै स्थानमा वर्षा हुनेछ।
मंगलबार राति कोशी, गण्डकी र कर्णालीका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको आकलन छ।
विभागका अनुसार बुधबार पनि कोशी र गण्डकीका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भुभागका एक(दुई स्थानमा वर्षा हुने देखिन्छ।












