काठमाडौं। आज बुधबार देशभर वर्षाको सम्भावना छ। अहिले काठमाडौं उपत्यकासहित देशभर बाल लागेको छ। पश्चिमका धेरैजसो ठाउँमा हल्का वर्षा भइरहेको छ भने अन्यत्र पनि वर्षा भइरहेको छ।
जल तथा मौस्म विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कोशी र बागमतीका पहाडी र हिमाली भूभागका केही स्थान, मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागको एक(दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना पनि छ।












