काठमाडौं। हाल नेपालमा तीनवटा वायु सक्रिय छन्। पश्चिमी वायु, स्थानीय वायु सक्रिय भएका बेला पूर्वी नेपाल नजिक न्यून चापिय क्षेत्रको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जसकारण आज कोशी र मधेश प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा बादल लागेको छ। कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी असिनासहित मध्यम वर्षाको सम्भावना छ।
राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बुधबार कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभाग तथा लुम्बिनीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने देखिन्छ।












