काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हाे । समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसदमा विरोध गर्दै आएका छन् । सरकारले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँगको सहमतिअनुुसार समिति गठन गरिएको हो ।












