काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रदेश र जिल्ला तहका नेताहरूसँग छलफल गरेका छन् ।
आइतबार प्रदेश र जिल्लाका उपलब्ध नेताहरूसँगको भर्चुअल छलफलमा महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न सुझाव दिँदै पार्टी गतिविधिहरू पनि नरोक्न निर्देशन दिएका हुन् ।
पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विकसित घटनाक्रमबारेमा महसचिवले ब्रिफिङ गरेको जानकारी दिए । महासचिव पोखरेलले क्षति भएका ठाउँको मुचुल्का उठाएर मात्र सरसफाइ गर्न भनेका उनको भनाइ थियो । त्यसक्रममा नेतृत्वको आलोचना नगर्न र बाँकी कुरा पछि बसेर छलफल गर्न सकिने महासचिवले कुरा राखेका निरौलाले बताए ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित अधिकांश प्रदेश र जिल्ला पार्टी कार्यालय आगजनी र तोडफोड भएको एमालेले जनाएको छ ।












