काठमाडौं । नेकपा एमालेले बिहीबार सचिवालय बैठक बोलाएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार बैठकमा विधान महाधिवेशनको पेश गर्ने प्रस्ताव, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ। एमालेले आगामी भाद्र २०, २१ र २२ गते विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने अन्तिम तयारीमा जुटेको छ। महाधिवेशनको मूल नाराको रूपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय भएको छ।
महाधिवेशनले विधानलाई अद्यावधिक र आगामी संगठनात्मक कार्यदिशा तय गर्ने छ। यस अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म भएको थियो। दुई महाधिवेशनको बीचको समय पारेर एमालेले विधान अधिवेशन बनाउने प्रावधान छ।
उनले केन्द्रीय कमिटीको निर्णयमाथि छलफल विधान अधिवेशनमा नहुने उनको भनाई छ।












