काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । एमालेले आगामी २० देखि २२ भदौसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।












