काठमाडौं । नेकपा एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७६ औं वर्षगाँठ मनाउने भएको छ। सोमबार बसेको नेकपा एमाले सचिवालय बैठकले वैशाख ९ गते स्थापना दिवस मनाउने र ७ जना नेताहरुलाई कम्युनिष्ट योद्धाका रुपमा सम्मान गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिए।
सम्मानित हुनेहरुमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जारकोटका रत्न शर्मा न्यौपाने, दाङका शोभाराम बस्नेत दाङ, गोरखाका वासस्पति देवकोटा, काठमाडौँकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटी रहेका छन्। त्यस्तै पुरा कम्युनिष्ट नेताहरुको स्मरण पुस्तक समेत सर्वाजनिक गरिने ज्ञवालीले जानकारी दिए।