Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

एमाले केन्द्रीय लेखा आयोगको तेह्रौं पूर्ण बैठक: असारमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय

एमाले केन्द्रीय लेखा आयोगको तेह्रौं पूर्ण बैठक: असारमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको तेह्रो बैठकले आगामी २०८२ असारमा लेखा राष्ट्रिय समीक्षा भेला आयोजना गर्ने निर्णय गरेको छ । आयोगको यही चैत्र ६, ७ र ८ गते महेन्द्रनगर, कन्चनपुरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।

आयोगका अध्यक्ष डाक्टर पुष्प कंडेलको अध्यक्षतामा सम्पन्न बैठकले हालसम्म पार्टी केन्द्रीय कमिटी, आठ प्रदेश तहका कमिटी, ४१ जिल्ला तहका कमिटी, दुई महानगर कमिटी र पाँच उप–महानगर कमिटी तथा १८ वटा जनसङ्गठन गरी केन्द्रीय लेखा आयोगको कार्यक्षेत्र अन्तर्गतका १५७ कमिटीहरूमध्ये ७४ कमिटीको आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षण सम्पन्न भएको र वार्षिक कार्ययोजना बमोजिमका अधिकांश कार्ययोजना कार्यान्वयनका क्रममा रहेको निष्कर्ष सहितको समीक्षा गरेको छ ।

Subisu

बैठकले बाँकी कमिटीहरूको लेखापरीक्षण सम्पन्न गरी आगामी २०८२ असारमा लेखा राष्ट्रिय समीक्षा भेला आयोजना गर्ने निर्णय गरेको छ । आयोगको अथक प्रयासका वावजुद पार्टी विधानको व्यवस्था विपरीत विगतदेखिनै लेखापरीक्षण नगर्ने÷नगराउने कमिटी र सम्बन्धित कमिटीका जिम्मेवारहरू उपर पार्टी विधान बमोजिम अनुशासनात्मक कारवाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने समेत बैठकले निर्णय गरेको छ ।

बैठकले आगामी २०८२ भदौमा आयोजना हुन गइरहेको पार्टीको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आयोगका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदन र विधान संशोधन प्रस्तावको मस्यौदा तयार गर्न प्रतिवेदन लेखन उप–समिति र विधान संशोधन मस्यौदा उप–समिति गठन गर्ने, पार्टीको स्थिर सम्पत्तिको अभिलेख सङ्कलन गरी एकीकृत प्रतिवेदन पार्टीलाई हस्तान्तरण गर्ने, गत आर्थिक वर्षको आर्थिक काम र लेखा व्यवस्थापनको मूल्याङ्कन गरी उत्कृष्ट कमिटी घोषणा गर्ने, जनसङ्गठनका घटक तथा मातहत कमिटीहरू र जिल्ला सम्पर्क मन्चहरूको लेखा अनुगमन गर्ने, आर्थिक काम र लेखा व्यवस्थापन सम्बन्धी तालिम प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने, आर्थिक कामका सम्बन्धमा पार्टी नेतृत्वसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, पार्टीको नयाँ सफ्टवेयर आवश्यकता अनुसार जिल्ला कमिटी तथा जनसङ्गठनमा सञ्चालनमा ल्याउन पार्टी केन्द्रलाई अनुरोध गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकमा सुदूरपश्चिम प्रदेश कमिटी, कन्चनपुर जिल्ला कमिटी र भिमदत्त नगर कमिटीको पार्टी नेतृत्वसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्यहरू निरु पाल र राजेन्द्रसिंह रावल, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, पार्टी केन्द्रीय सदस्यहरू नरबहादुर धामी र कमला बोहोरा, कन्चनपुर जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढा, भिमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्द सहित प्रदेश कमिटी, प्रदेश लेखा कमिटी, जिल्ला कमिटी र नगर कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकको अन्त्यमा, आयोगका अध्यक्ष डा. पुष्प कंडेलले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा आयोगको १३ औं पूर्ण बैठक आयोजना गर्न आर्थिक, भौतिक सहयोग प्रदान गर्ने सबैमा धन्यवाद सहितको समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुहुँदै बैठकबाट भएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पार्टीको आर्थिक काम र लेखा व्यवस्थापनमा प्रभावकारिता ल्याउन आयोगका सबै पदाधिकारी र सदस्यलाई आ–आफ्नो परिभाषित काममा खटिन निर्देशन दिनुभएको आयोगका सचिव शिव अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

गुन्डा नाइके ‘सानुभाइ’ काठमाडौंबाट पक्राउ

काठमाडौंमा लामो समयपछि वर्षा(भिडियोसहित)

काठमाडौंको आकाशमा बादल, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host