काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्। बुधबार बेलुकी प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्। एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो।
प्रधानमन्त्रीले राजीनामा नदिएपछि बुधबार बेलुकी एमालेका ८ जानै मन्त्रीहरू बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्। राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
एमालेले साथ छाडेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्।