काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराह्न ४ बस्नेछ।
सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै गरेको चीन भ्रमण, सम्पन्न उपनिर्वाचन, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।