काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यमा १७ जना थप गरेको छ । पार्टीको बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यमा १७ जना मनोनित गरको हो । एमालेले अछामका कृष्णभक्त पोखरेल र कमल तिमिल्सिना, मकवानपुरका महेश बर्तौला, सरिता भुसाल (किसान महासंघ),कास्की प्रभा बराल, बाग्लुङकी मञ्जु शर्मा चालिसे र आशा जगेबु पाँचथरलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
त्यसैगरी निर्वाचन आयोगमासिन्धुपाल्चोकका अमनसिंह तामाङ, कपिलबस्तुका झवी पोखरेल, गुल्मीकी नर्मदा भण्डारी, काठमाडौंकी रत्ना गुरुङ र कैलालीकी कमला केसीलाई मनोनित गरेको छ । साथै मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनित भएका छन् ।
यस्तै, सल्लाहकार परिषद सदस्यमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी),एकवाल मियाँ (कपिलबस्तु), डा. गोपाल खनाल (नवलपुर) र खालित हुँसेन हक (सुनसरी) मनोनित भएका छन् ।
मनोनित हुनेमा प्युठानका हरि रिजाल, कालिकोटका प्रेमबहादुर सिंह, मकवानपुरका कृष्णप्रसाद दाहाल, मोरङकी विनु ढकाल, श्याम ढकाल बर्दिया, नारायण मरासिनी स्याङ्जा,धनेन्द्र घिमिरे पाल्पा, नन्दलाल रोकाया बाँके,जनक पौडेल बागलुङ,मेघनाथ सुवेदी पर्वत, नारायण मरासी डोटी,सुवासचन्द्र ठकुरी मकवानपुर हुन् ।
एमालेले सुवास कर्माचार्य सिन्धुपाल्चोक, कुन्दन कुशहवा रौतहट, जितेन्द्रदेव सप्तरी र रामपृत राम सिराहालाई पनि केन्द्रीय सदस्यमा ल्याएको छ।
साथै सानु श्रेष्ठलाई बागमती प्रदेश, सिर्जना शर्मा गण्डकी, प्रदीप भण्डारी कोशी र अर्जुनबहादुर थापालाई सुदुरपश्चिमका लागि बैठकले इन्चार्जमा मनाेनित गरेकाे छ ।