काठमाडौं । आन्दोलनरत उखु किसान र कृषि मन्त्रालयबीच सिहंदरवारस्थित मन्त्रालयमा वार्ता सम्पन्न भएको छ। वार्तामा किसान पक्षबाट श्यामबाबु रायलगायत प्रतिनिधिहरू सहभागी थिए भने मन्त्रालयको तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधिहरू उपस्थित थिए।
यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन रकम पाउँदै आएका थिए। तर, यसपटक कृषि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरे पनि मन्त्रिपरिषद्ले मात्र ३५ रुपैयाँ दिने निर्णय गरेको थियो, जसका कारण किसानहरू असन्तुष्ट हुँदै काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका थिए।












