Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

उदीपुर–मार्कीचोक–भरतपुर खण्ड निर्माणले लियो गति

उदीपुर–मार्कीचोक–भरतपुर खण्ड निर्माणले लियो गति

काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेसनबाट तनहुँको आँबुखैरनीस्थित मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ ।

मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक खोलामा निर्माण भएका एवम् निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको सब कन्ट्रयाक लिएर निर्माण अगाडि बढाइएका छन् । उक्त खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।

Subisu

उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सब कन्ट्रयाक्ट्ररबाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुले आफैं सब–कन्ट्रयाक लिएर निर्माण अगाडि बढाएका हुन् ।

यसमा मर्स्याङ्दी , दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक खोलामा जलविद्युत निर्माण गरी सञ्चालनमा रहेका ७ र  निर्माणाधीन ७ गरी १४ जलविद्युत आयोजनाहरुको सहभागिता छ । उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र उक्त नदी र खोलाहरुमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुको वर्षायामको विद्युत् पूर्ण रुपमा राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने अवस्था छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मङ्गलबार तनहुँ र चितवनमा निर्माण भइरहेको प्रसारण लाइनको अनुगमन गरी आगामी जेठभित्र काम सम्पन्न गर्न संस्थाकातर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने बताए ।

कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी , दोर्दी तथा त्रिशूली नदी र ति नदीहरुका सहायक खोलामा वर्षायाममा उत्पादित विद्युत् प्रवाहका लागि उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड महत्वपूर्ण रहेकाले जनशक्ति थप गरी निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।

प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, जग्गा प्राप्ति र मार्गधिकारमा रहेका समस्या समाधान गरी निर्माणस्थल उपलब्ध गराउन आयोजना व्यवस्थापनलाई उनले निर्देशन दिए ।  डिभिजन वन कार्यालय चितवन र तनहुँका प्रमुखलाई फोन गरी उहाँले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।

उदीपुर–मार्कीचोक ४०  किलोमिटर प्रसारण लाइन खण्डमा ११६ वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ९० वटा टावरको जग जग हालिएको छ । मार्कीचोक–भरतपुर २८ किलोमिटर प्रसारण लाइन खण्डमा ८३ वटा टावर निर्माण गर्नुपर्ने छ । यसमध्ये ३८ वटा टावरको जग हालिएको छ । हाल ६ ठाउँमा काम भइरहेको छ । टावर पार्टस्, कन्डक्टर(तार)लगायतका सम्पूर्ण उपकरण तथा निर्माण सामग्री आपूर्ति भइसकेको छ ।

उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्ने छ । त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नुपर्नेछ । आयोजना प्रमुख नारायण रेग्मीले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृति सम्पूर्ण प्रक्रिया पूरा गरी केही ठाउँमा कटान सुरु भइसकेको बताए ।

टावर प्याडका लागि निजी जग्गा अधिग्रहण भइसकेको र मार्गधिकारमा पर्ने जग्गा तथा संरचनाको क्षतिपूर्ति निर्धारणको प्रक्रिया अघि बढिसकेको प्रमुख रेग्मीले उल्लेख गरे ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरुकोतर्फबाट निर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहन कार्कीले प्रसारण लाइन समयमा नबनेमा राज्यलाई नै ठूलो नोक्सानी हुने देखिएपछि मर्स्याङ्दी र त्रिशूली नदी करिडोरका जलविद्युत प्रवद्र्धकहरुको अग्रसरता एवम् सहमतिमा सब–कन्ट्रयाक लिएर निर्माण सुरु गरिएको बताए ।

कार्कीले प्रसारण लाइन सकिएपछि ति नदी करिडोरमा निर्माण भएका जलविद्युत आयोजनाहरुको हाल कायम रहेको वैकल्पिक व्यवस्थालाई चालू आर्थिक वर्ष २०८१-८२ भित्र अन्त्य गर्ने प्राधिकरणसँग सहमति भएको उल्लेख गरे ।

प्रसारण लाइन निर्माण कार्यसम्पादन अनुगमन एवम् सरोकारवालाहरुसँग समन्वय गर्न प्रवद्र्धकहरुकातर्फबाट ५ सदस्यीय अनुगमन समिति बनाइएको छ ।

मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनमध्ये  उदीपुर र नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । लमजुङको खुदी सबस्टेसन निर्माणका अन्तिम चरणमा छ भने मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छ ।

मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host